बागमती प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
मकवानपुर । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले बुधबार एउटा विधेयक समितिमा पठाउन स्वीकृत भएको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
बुधबार प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई उद्योग, पर्यटन तथा वातावरण समितिमा दवाफाबार छलफलको लागि पठाउन स्वीकृती प्रदान गरेको हो ।
उक्त विधेयक संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले वातावरण समिति पठाइयोस् भनि प्रस्ताव टेबुल गरेका थिए ।
