बझाङ भूकम्प पीडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बझाङका भूकम्प पीडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले बिहिबार बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठकमा उद्दार र व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउन मातहतका निकायलाई उक्त निर्देशन दिएका छन् ।
बैठकमा प्रधानमन्त्रीले प्राकृतिक विपद्ले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बताए ।
प्रधानमन्त्रीले सरकारका तर्फबाट राहत, उद्दार, उपचार, पुनस्र्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने समेत बताएका छन् ।
