मकवानपुर प्रहरीद्वारा अवैध सामान बरामद

तु खबर संवाददाता
२०८० आश्विन १८, बिहीबार १७:२२

मकवानपुर । मकवानपुर प्रहरीले गएराति अवैध सामान बरामद गरेको छ । प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५, रातोमाटे चेकपोष्टबाट ६० हजार ६ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो ।

प्रहरीले बुधबार राती ११ बजेर ५० मिनेटको समयमा सर्लाहीबाट काठमाडौं जानको लागि हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ७०९९ नम्बरको बसमा सुरक्षाजाँच गर्दा बसमा लुकाईछिपाई ल्याएको उक्त रकम बराबरको अवैध सामान बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

बसबाट प्रहरीले ४० प्याकेट चकलेट र ३५ जोर जुत्ता फेला पारेको थियो । अवैध सामान नियन्त्रणमा लिई बसलाई गन्तव्यतर्फ पठाइएको जनाएको छ ।