राप्रपाको केन्द्रीय प्रशिक्षण आजदेखि

तु खबर संवाददाता
२०८० आश्विन १८, बिहीबार १५:५२
file-photo

धुलिखेल । राप्रपाको केन्द्रीय प्रशिक्षक प्रशिक्षण आजदेखि धुलिखेलमा सुरु भएको छ । देशभरबाट छानिएका ५२ जनालाई राप्रपाले केन्द्रीय प्रशिक्षक प्रशिक्षण दिएको हो ।

नेशनल डेमोक्रयाट इन्स्टिच्युट (एनडिआइ) को सहकार्यमा पार्टीको केन्द्रीय प्रशिक्षण विभागले प्रशिक्षक प्रशिक्षण सञ्चालन गरेको र यसपछि अभियानको रूपमा देशव्यापी प्रशिक्षण गर्ने विभागकी सहसंयोजक खुस्बु ओलीले जानकारी दिइन् ।

प्रशिक्षक प्रशिक्षणमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशा विषयमा प्रशिक्षण दिनेछन् ।

यसैगरी वरिष्ठ उपाध्यक्ष, विभागका प्रमुख ध्रुवबहदुर प्रधानले प्रशिक्षणको महत्त्व र विभागको आगामी कार्यक्रम सम्बन्धमा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको नीति र सिद्धान्त सम्बन्धी, महामन्त्री शरदराज पाठकले समकालीन राजनीतिका सिद्धान्तहरू र राप्रपाको पृथक् सिद्धान्त बारेमा प्रशिक्षण दिनेछन् ।