प्रतिनिधि सभा बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०८० आश्विन १९, शुक्रबार ०९:१९
file-photo

काठमाडौं । संघीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।