प्रधानमन्त्री आज बझाङ जाँदै, भूकम्प क्षतिबारे स्थलगत निरीक्षण गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज बझाङ जाँदैछन् । भुकम्प क्षतिबारे स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड बझाङ जान लागेका हुन् ।
शुक्रबार विहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डसहित १८ जनाको टोली बझाङ जान लागेको हो ।
प्रधानमन्त्री प्रचण्डको टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख लगायत छन् ।
