समाचार
नेपाल–म्यान्मा परामर्श संयन्त्रको बैठक बस्दै
काठमाडौं । नेपाल र म्यान्मा परामर्श संयन्त्रको दोस्रो बैठक आगामी महिना म्यान्मामा बस्ने भएको छ । नेपाल र म्यान्माबीचको विद्यमान दौत्य सम्बन्धलाई अझ सुदृढ तुल्याउने उद्देश्यले दुवै देशका परराष्ट्र मन्त्रालयबीच स्थापना भएको द्विपक्षीय परामर्श संयन्त्र दोस्रो बैठक बस्ने भएको हो । नेपाल–म्यान्मा उद्योग वाणिज्य संघको १३ औँ वार्षिक साधारणसभाका...
जितिया पर्व आज सकिँदै
धनुषा । हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा हुन लागेको हो । ज्यातिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र...
दसैंका लागि २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने
काठमाडौं । दसैं–तिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी सोमबार असोज २२ गतेदेखि खुल्ला हुने भएको छ । शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएपनि थप...
मकवानपुरमा बिहानै सवारी दुर्घटना, एकको मृत्यु
मकवानपुर । त्रिभुवन राजपथ सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको थाहा नगरपालिका वडा नम्वर १ कुन्छालमा आज बिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान साढे ४ बजेको समयमा बिरगजंबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६ ख ३९८७ नम्वरको कन्टेनर गाडी मोडमा आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल...
विद्यालय शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सकियो
काठमाडौं । प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ । शुक्रबार भएको छलफलमा ८५ जना सांसदले सहभागिता जनाएका थिए । सांसदहरुले प्रस्तावित विधेयकले संविधानको मर्म र भावना बोके नबोकोको विषयमा धारणा राखेका छन् । संविधानमा आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क भनिएपनि कार्यान्वयन भएको उल्लेख गरेका थिए...
अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, सप्तरी र झापा जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ हजार २ सय ८० ट्याब्लेटसहित सोही नगरपालिका–९ बस्ने ५० वर्षीय मित्र बहादुर...
बझाङ भुकम्प: घर पूर्णरुपमा क्षति भएकालाई तत्काल ५० हजार राहत दिने
काठमाडौं । बझाङमा भूकम्पबाट घर पूर्णरुपमा क्षति भएका भूकम्प पीडितलाई तत्काल राहतस्वरुप सरकारले ५० हजार रुपैयाँ राहत दिने भएको छ । भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राहत, पुर्नस्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम दिने घोषणा गरेका हुन् । यस्तै, भूकम्पबाट प्रभावित अन्य परिवारलाई...
हेटौंडामा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
मकवानपुर । मकवानपुरको हेटौंडामा शुक्रबारबाट १६ औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा सुरु भएको हो । हेटौंडा–४ स्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगिता शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्लाभरका २१ वटा डोजाङबाट ३ सय खेलाडी सहभागी रहेका...
मकवानपुरमा डेंगू संक्रमितको संख्या ५७० पुग्यो
मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ५७० पुगेको छ । जिल्लामा बिहीबार थप १ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ५७० पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । शुक्रबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका एक जनामा डेंगू संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका...
हेटौंडामा स्थानीय तहका कर्मचारीद्वारा प्रदर्शन
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार स्थानीय तहका कर्मचारीहरुले प्रदर्शन गरेका छन् । संघीय निजामती सेवा ऐन संसद्बाट पारित हुनुपर्ने माग गर्दै कर्मचारीले हेटौंडा उपमहानगरपालिकाको कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् । ऐन नबन्दा सबैभन्दा पीडित आफूहरू बन्नुपरेको भन्दै कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर कार्यालय अघिल्तिर धर्ना दिएका हुन् ।...










