मकवानपुरमा डेंगू संक्रमितको संख्या ५७० पुग्यो

तु खबर संवाददाता
२०८० आश्विन १९, शुक्रबार १७:०१
file-photo

मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ५७० पुगेको छ ।

जिल्लामा बिहीबार थप १ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ५७० पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका एक जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ३९१ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यसैगरी, थाहानगरपालिकाका दुई जना, मकवानपुरगढी गाउँपालिकाका १३ जना, बागमती गाउँपालिकाका २३ जना, मनहरी गाउँपालिकाका ५६ जना, इन्द्रसरोवर गाउँपालिकाका ३ जना, भीमफेदी गाउँपालिकाका १५ जना, बकैया गाउँपालिकाका १८ जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै, सो अवधिमा जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का एक जना पुरुष रहेका छन् ।