तीन दिनदेखि बेपत्ता महिला मृत अवस्थामा फेला
दाङ । सल्यानमा तीन दिनदेखि बेपत्ता महिला मृत अवस्थामा फेला परेकी छन् । सिद्धकुमाख गाउँपालिका–४ खार्पनकी ४९ वर्षीया गणेशी रोका मृत अवस्थामा फेला परेकी हुन् ।
असोज १५ गते बेलुकादेखि बेपत्ता भएकी रोका बिहीबार आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार, रोका तीनदिनसम्म पनि फेला नपरेपछि गाउँले र आफन्तले उनको खोजी गरेका थिए । बिहीबार भने घरभित्रबाट शवको गन्ध आएपछि खोज्न जादा खाद्यन्य राख्ने भकारीभित्र उनको शव फेला परेको हो ।
मृतकको रोका घरमा छोरा, छोरी र बुहारीसँग बस्दै आएकी थिइन् । घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
शवलाई जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम लगिएको छ ।
