बझाङमा फेरी भूकम्पको धक्का महसुस

तु खबर संवाददाता
२०८० आश्विन २०, शनिबार १५:५७
file-photo

काठमाडौं । बझाङमा फेरी भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ११ बजेर ४५ मिनेट जाँदा बझाङलाई केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको परकम्प गएको हो ।

बझाङमा यही असोज १६ गते गएको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । १६ गते दिउँसो २ः४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति पुगेको छ ।