समाचार

एमाले बागमतीको मतदान जारी, हालसम्म ५०० मत खस्यो

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तरगत नयाँ नेतृत्वको लागि हाल मतदान जारी छ । पार्टी कार्यालय च्यासलमा भइरहेको मतदानमा हालसम्म ५०० मत खसेको छ । बेलाबेलामा विद्युतीय मेसिनले काम नगर्दा ढिला भएको मुख्य निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार, शुक्रबार अपराह्नसम्ममा पाँच सय जनाले मतदान...

मकवानपुरमा थप १७ जना डेंगू संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा थप १७ जनानमा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका १२ जना, मनहरी गाउँपालिकाका ४ जना र भीमफेदी गाउँपालिकाका एक जनामा डेंगू...

१९ औं एसियाडमा नेपाली पब्जी टोली सेमिफाइनलमा प्रवेश

हान्झाउ । चीनको हान्झाउमा जारी १९ औं एसियाड अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्राबार चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउण्ड (क्वाटरफाइनल) खेलमा आफ्नो समूहमा दोस्रो हुँदै नेपाली टोली सेमिफाइनलमा प्रवेश गरेको हो । अन्य सामान्य गेमभन्दा फरक शैलीको...

सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति

काठमाडौं । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको छ । उनीहरुबीच शुक्रबार विभिन्न पाँच बुँद्धे सहमति भएको हो । सहमतिसँगै शिक्षहरुको आन्दोलन फिर्ता भएको छ । सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघको नेतृत्वमा असोज ३ गतेदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको थियो...

गृहसचिवद्वारा आन्दोलन फिर्ता लिन चिकित्सकहरुलाई आग्रह

काठमाडौं । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले आन्दोलन फिर्ता लिन चिकित्सकहरूलाई आग्रह गरेका छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सञ्चार प्रविधि समितिको बैठकमा आन्दोलनरत चिकित्सकहरूलाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् । उनले चिकित्सकहरुले गरेको माग सरकारले पूरा गरेको बताउँदै आन्दोलन फिर्ता लिई उपचारमा फर्कन आग्रह गरे । विभिन्न...

२० घर मुसहरले पाए नयाँ घर

मकवानपुर । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर–६ नगौलका अतिविपन्न मुसहर समूदायलाई एकीकृत बस्ती हस्तान्तरण गरिएको छ । प्रभू शमसेर जबरा तथा राजी राणा परोपकार निजी जुठीद्वारा नगौलमा निर्मित सो बस्ती शुक्रबार सम्बन्धित परिवारलाई हस्तान्रण गरिएको हो । एकीकृत बस्ती निर्माण भएपछि २० घर परिवारले आश्रय पाएका छन् ।...

एमाले बागमती प्रदेशको मतदान जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशमा नयाँ नेतृत्व चयनका लागि हाल मतदान जारी छ । शुक्रबार साढे ११ बजेबाट सुरु हुने भनिएपनि झण्डै दुई घण्टा ढिलोगरी सुरु भएको मतदान एमाले पार्टी कार्यालय च्यासलमा भइरहेको हो । प्रदेश अधिवेशनमा एमालेले ४० वटा विद्युतीय मेसिन मतदानमा प्रयोग गरेको छ । बागमती प्रदेश...

अमेरिकाले भिसा बिनै इजरायलीलाई प्रवेश गर्न दिने

वासिङ्टन । अमेरिकाले पनि इजरायलीरूलाई भिसा (प्रवेशाज्ञा) बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ । इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले यस्तो घोषणा गरेको हो । आगामी नोभेम्बर ३० देखि लागू हुने यो व्यवस्थाअनुसार व्यापार र भ्रमण गर्न चाहने इजरायली नागरिकलाई तीन महिनासम्म...

जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया र मोरङबाट जबरजस्ती करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले बर्दियामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बढैयाताल गाउँपालिका–९ श्रीलंका टोल बस्ने गेरूवा गाउँपालिका–५ गोला घर भएका ५२ वर्षीय...

राष्ट्र बैंकले १३ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आगामी असोज १५ गते उक्त रकम बराबरको विकास ऋणपत्र बिक्री गर्न लागेको हो । ८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ‘ग’ बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको हो ।...