मनकामना सामुदायिक वनको भेला सम्पन्न

तु खबर संवाददाता
२०८० आश्विन २१, आईतवार १०:३९

मकवानपुर । मनकामना सामुदायिक वन उपभोक्ता समितिको वार्षिक साधारण भेला शनिबार सम्पन्न भएको छ ।

समितिको २२ औं वार्षिक साधारण भेला मनकामना माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न भएको हो ।

समितिले सो अवसरमा एसईई उतिर्ण विद्यार्थीलाई नगदसहित सम्मान गरेको थियो ।

यस्तै, समितिले भेलामा आफ्नो जेष्ठ उपभोक्ता तथा साधारण सदस्यलाई समेत नगदसहित सम्मान पनि गरेको थियो ।

भेलामा समितिका अध्यक्ष सर्कलाल लो, सचिव सुमित्रा पाख्रीन र कोषाध्यक्ष शान्ति घलानले आ–आफ्नो वार्षिक प्रगती विवरण तथा लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

मकवानपुरगढी–४ नम्बर वडाध्यक्ष अर्जुनप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको भेलामा जिल्ला वन महासंघ मकवानपुर कोषाध्यक्ष बलराम अधिकारी, समितिका पुर्व अध्यक्षहरु र सोही वडाका टोल विकास संस्थाका अध्यक्षहरुलगायतको सहभागिता रहेको थियो ।