आइतबार नेप्सेमा ३५ अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको पहिलो सदन अर्थात आइतबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३५ अंकले घटेर १९२१ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा ५८ लाख १५ हजार १८९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८० करोड १७ लाख ६६ हजारको कारोबार भएको छ । आज १६ कम्पनीहरुको शेयरमूल्य बढेतापनि २१३ कम्पनीहरुको शेयरमूल्य घटेको छ ।
नेप्सेमा गिरावट आएसँगै आज १३ वटै उपसूचकमा रातो पोतिएको छ । आइतबार हाइड्रोपावर उपसूचक सर्वाधिक २.७२ प्रतिशतले घटेको छ ।
