चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

काठमाडौं । प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आइतबारदेखि विशेष सुरक्षा योजना लागू गरेको छ ।
विशेष सुरक्षा योजना अन्तर्गत देशभर कुल ५० हजार ५ सय ३० जना प्रहरीहरु खटाइएको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार, विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित सबै प्रहरी युनिटले आ–आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारिएको हो ।
दसैँ र तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई समेत परिचालन गरिएको जनाएको छ ।