नेल्टा बागमती प्रदेश अध्यक्षमा रामेश्वर ठाकुर
मकवानपुर । नेपाल इंग्लिस ल्याङ्वेज टिचर्स एसोसिएसन (नेल्टा) बागमती प्रदेशको अध्यक्षमा रामेश्वर ठाकुर चयन भएका छन् । शनिबार हेटौंडामा सम्पन्न दोश्रो प्रदेश अधिवेशनबाट ठाकुरको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
यस्तै, समितिको वरिष्ठ उपाध्यक्षमा किशोर पराजुली, उपाध्यक्षमा यूवराज सुवेदी, महासचिवमा संगम चौलागाई, सचिवमा वीरबल लामा र श्रृजना पौडेल, कोषाध्यक्षमा बेगबहादुर थापा चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः गणेशबहादुर थापा, शान्ति अधिकारी, नानिबाबु घिमिरे, उत्तम अर्याल, दीपक सिटौला, श्रीकृष्ण कँडेल र दीपक खड्का चयन भएका छन् ।
