आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० आश्विन २१, आईतवार ०८:५१
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको र त्यसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । यी तीन प्रदेशका थोरै स्थानहरूमा र मधेस तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।