यस्तो रहने छ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन आइतबारदेखि दिन नेपालको कर्णाली प्रदेशको अधिकांश भू–भाग तथा लुम्बिनी प्रदेशको पश्चिम भू–भागबाट पनि बाहिरिएको जनाएको छ ।
सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू–भागबाट भने मनसुन गत असोज १९ गते नै बाहिरिएको थियो ।
महाशाखाका अनुसार, हाल नेपालको पूर्वी तथा मध्य भागमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनुका साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
