हेटौंडामा खुल्ला ‘क्रिक्सल’ प्रतियोगिताको आयोजना हुँदै

तु खबर संवाददाता
२०८० आश्विन २३, मंगलवार ०९:५२

मकवानपुर । मकवानपुरको हेटौंडामा पहिलो पटक खुल्ला क्रिक्सल प्रतियोगिता हुने भएको छ । हेटौंडा वडा नम्वर ४ को आयोजनामा यही असोज २८ र २९ गते उक्त प्रतियोगिता हुने भएको हो ।

हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देलले सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएका हुन् । उनले क्रिकेट खेललाई प्रबद्र्धन गर्ने उद्देश्यले हेटौंडामा पहिलो पटक क्रिक्सल प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

हेटौंडाको फुटसल मैदानमा हुने उक्त प्रतियोगितामा २५ वटा क्लबको सहभागीता रहने कार्यक्रम संयोजक निरज सिंह ठकुरीले जानकारी दिए ।

प्रतियोगिताको प्रत्येक टिमबाट ६ जना खेलाडी समावेश हुनेछन् । प्रतियोगितामा प्रथम, द्वितीय हुनेले क्लबले क्रमश ः नगद २५ हजार, १५ हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।