मकवानपुरमा बोलेरो जिपको ठक्कबाट ६ वर्षीया बालिका घाइते
मकवानपुर । मदनभण्डारी लोकमार्ग अन्तर्गत पर्ने मकवानपुरको बागमती गाउँपालिका वडा नं.४ झुरझुरेमा बोलेरो जिपको ठक्करबाट सोमबार एक बालिका घाइते भएकी छन् ।
घाइते हुनेमा स्थानीय राजु गोलेको ६ वर्षीया छोरी रितु गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, सोमबार दिउँसो सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको ना ४ च ११६४ नम्बरको बलेरोले ठक्कर दिँदा बालिका घाइते भएका हुन् ।
घाइते बालिकाको टाउँको र खुट्टमा चोट लागेको छ । उनलाई तत्काल उद्धार गरी उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
ठक्कर दिने बोलेरो जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
