खुकुरी प्रहार गरी महिलाको हत्या, एक जना पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन २३, मंगलवार १७:५०

काठमाडौं । सुनसरीको इटहरीबाट खुकुरी प्रहार गरी महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुरको साल्पा सिलिचोक गाउँपालिका–९ घर भएका ४९ वर्षीय निमा तामाङ रहेका छन् ।

प्रहरीका अनुसार, निमाले इटहरी उपमहानगरपालिका–१७ मझौरा बस्ने ३२ वर्षीया कमला तामाङको हत्या गरेको आरोप छ । सामान्य विवादमा उनले कमलालाई खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी कमलाको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

पक्राउ परेका उनीमाथि इलाका प्रहरी कार्यालय पकलीले अनुसन्धान गरिरहेको जनाएको छ ।