काठमाडौं केन्द्रबिन्दु भएर भूकम्पको धक्का

तु खबर संवाददाता
२०८० आश्विन २३, मंगलवार १८:०६
file-photo

काठमाडौं । काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का महसुस भएको छ ।

मंगलबार साँझ ५ बजेको समयमा ४ म्याग्निच्युड भन्दा कम तिव्रताको भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सुन्धारा केन्द्रबिन्दु भएर ३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए ।