समाचार

२४ घण्टामा देशभर ४४० जना डेंगू संक्रमित थपिए

काठमाडौं । देशभर ४४० जना डेंगू संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले जनाएको छ । ईडीसीडीका अनुसार, आज थपिएसँगै पछिल्लो आठ महिनामा संक्रमितको संख्या ३९ हजार २३० पुगेको छ । यो अवधिमा संक्रमणका कारण...

सशस्त्र प्रहरले २९ हजार जनशक्ति परिचालन गर्ने

काठमाडौं । सशस्त्र प्रहरीले चाडपर्वमा २९ हजार १ सय ५४ जना जनशक्ति परिचालन गर्ने भएको छ । सशस्त्र प्रहरीका निरीक्षक दिल कुमार श्रेष्ठले जारी गरेको प्रेस नोटअनुसार चाडपर्वमा उक्त संख्यामा जनशक्ति परिचालन गर्ने जानकारी गराएको हो । यस्तै, तत्कालै खटाउन सक्ने गरी करिब २ हजार ९ सय २९ जना...

मकवानपुरमा डेंगू संक्रमितको संख्या ६१८ पुग्यो

मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ६१८ पुगेको छ । जिल्लामा शुक्रबार थप ५ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ६१८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । शुक्रबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ४ जना र बागमती गाउँपालिकाका एक जनामा डेंगू संक्रमण पुष्टि...

प्रतिनिधि सभाको बैठक कार्तिक १२ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक आगामी कार्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२ आइतबारसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् । आजको बैठकले विद्युत विधेयक २०८० संसदीय समितिमा...

इजरायलद्वारा २४ घण्टाभित्र उत्तरी गाजा खाली गर्न चेतावनी

काठमाडौं । इजरायली सेनाले उत्तरी गाजा क्षेत्रमा रहेका प्यालेस्टिनीहरुलाई २४ घण्टाभित्र उक्त क्षेत्र छाड्न चेतावनी दिएको छ । इजरायली डिफेन्स फोर्स (आइडीएफ) ले स्थानीय समयअनुसार बिहीबार राति ११ बजे त्यस्तो चेतावनी दिएको हो । गत शनिबार प्यालेस्टिनी विद्रोही समूह ‘हमास’ ले इजरायमाथि आक्रमण गरेपछि इजरायलले पनि हमासविरुद्ध सैन्य अभियान...

१८ अर्ब ७० करोड बराबरको ट्रेजरी नवीकरण गर्दै केन्द्रीय बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी मंगलबार अर्थात् असोज ३० गते १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्दैछ । केन्द्रीय बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा उक्त ट्रेजरी नवीकरण गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३...

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । आन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढ्दै १ लाख १० हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...

डेंगूबाट ६ वर्षीय बालकको मृत्यु

दमौली । तनहुँको व्यास नगरपालिका–४ शितलचोकका ६ वर्षीय बालकको डेंगू सङ्क्रमणका कारण आज मृत्यु भएको छ । दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ । व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बालकको...

राष्ट्रिय सभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

काठमाडौँ । राष्ट्रिय सभाले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि मस्यौदा समिति गठन गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकबाट १२ सदस्यीय मस्यौदा समिति गठन गरिएको हो । समिति सदस्यहरुमा क्रमशः अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा र दिलकुमारी रावल थापा पार्वती रहेका छन् ।...

अवैध गाँजासहित मकवानपुरका थिङ पक्राउ

मकवानपुर । महोत्तरीको जलेश्वर नगरपालिका–१ स्थित सडकबाट प्रहरीले बिहीबार अवैध लागूऔषध गाँजासहित मकवानपुरका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–२ बस्ने २२ वर्षीय विशाल थिङ रहेका छन् । उनलाई अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको प्रहरीले ४ सय ५ किलो गाँजासहित पक्राउ गरेको हो । प्रहरीका...