सशस्त्र प्रहरले २९ हजार जनशक्ति परिचालन गर्ने

तु खबर संवाददाता
२०८० आश्विन २६,शुक्रबार १७:३५
file-photo

काठमाडौं । सशस्त्र प्रहरीले चाडपर्वमा २९ हजार १ सय ५४ जना जनशक्ति परिचालन गर्ने भएको छ ।

सशस्त्र प्रहरीका निरीक्षक दिल कुमार श्रेष्ठले जारी गरेको प्रेस नोटअनुसार चाडपर्वमा उक्त संख्यामा जनशक्ति परिचालन गर्ने जानकारी गराएको हो ।

यस्तै, तत्कालै खटाउन सक्ने गरी करिब २ हजार ९ सय २९ जना सशस्त्र प्रहरी कर्मचारी तयारी हालतमा पनि राखिएको छ । तीमध्ये करिब ७५ प्रतिशत जनशक्ति फिल्डमा खटिने छन् ।

चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानहरूमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजना अन्तर्गत रही चाडपर्व विशेष सुरक्षा योजना तयार पारिएको सशस्त्र प्रहरीको भनाइ छ ।