सशस्त्र प्रहरीका डीएसपी पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन ७,सोमबार ०९:०३
file-photo

काठमाडौं । सार्वजनिक ठाउँमा महिलाको भिडियो बनाएको आरोपमा सशस्त्र प्रहरी बलका एक जना डीएसपी पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बलको ४ नम्बर बाहिनी पोखरामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसी पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार, उनले एवान रेष्टुरेन्टमा अनुमतिविना महिलाको भिडियो खिचेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । सोही आधारमा उनलाई पक्राउ गरी अभद्र व्यवहारको कसूरमा कारबाही प्रक्रिया अघि बढाउने प्रहरी तयारी छ ।