इजरायलद्वारा २४ घण्टाभित्र उत्तरी गाजा खाली गर्न चेतावनी

तु खबर संवाददाता
२०८० आश्विन २६, शुक्रबार १६:११
file-photo

काठमाडौं । इजरायली सेनाले उत्तरी गाजा क्षेत्रमा रहेका प्यालेस्टिनीहरुलाई २४ घण्टाभित्र उक्त क्षेत्र छाड्न चेतावनी दिएको छ ।

इजरायली डिफेन्स फोर्स (आइडीएफ) ले स्थानीय समयअनुसार बिहीबार राति ११ बजे त्यस्तो चेतावनी दिएको हो ।

गत शनिबार प्यालेस्टिनी विद्रोही समूह ‘हमास’ ले इजरायमाथि आक्रमण गरेपछि इजरायलले पनि हमासविरुद्ध सैन्य अभियान संचालन गरेको छ ।

पछिल्ला दिन इजरायलले गाजासँग सीमा जोडिएको क्षेत्रमा ट्याङ्क, गोलाबारुद तथा सैन्य उपकरण जम्मा गर्न थालेको छ । इजरायलले गाजा क्षेत्रमा चाँडै नै स्थल कारबाही अघि बढाउने आशंकाका बिच २४ घण्टे अल्टिमेटम सार्वजनिक भएको हो ।