२४ घण्टामा देशभर ४४० जना डेंगू संक्रमित थपिए

तु खबर संवाददाता
२०८० आश्विन २६, शुक्रबार १७:४५
file-photo

काठमाडौं । देशभर ४४० जना डेंगू संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले जनाएको छ ।

ईडीसीडीका अनुसार, आज थपिएसँगै पछिल्लो आठ महिनामा संक्रमितको संख्या ३९ हजार २३० पुगेको छ ।

यो अवधिमा संक्रमणका कारण २० जनाको मृत्यु भएको छ भने ६७ जिल्लामा फैलिएको छ । सात प्रदेश मध्ये सबैभन्दा बढी संक्रमण पुष्टि कोशी प्रदेशमा भएको छ भने त्यसपछि पछिल्लो दुई सातायता संक्रमित सङ्ख्या गण्डकी प्रदेशमा बढेको छ ।

कोशी प्रदेशमा हालसम्म २३ हजार ९५९ संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा ७ हजार ७९६ जना संक्रमित भएका छन् ।

त्यस्तै, बाग्मती प्रदेशमा ४ हजार ९४०, सुदूरपश्चिम प्रदेशमा १ हजार १४२, लुम्बिनी प्रदेशमा ६७२, मधेश प्रदेशमा ५९० र कर्णालीमा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।