समाचार

हेटौंडामा स्थानीय तहका कर्मचारीद्वारा प्रदर्शन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार स्थानीय तहका कर्मचारीहरुले प्रदर्शन गरेका छन् । संघीय निजामती सेवा ऐन संसद्बाट पारित हुनुपर्ने माग गर्दै कर्मचारीले हेटौंडा उपमहानगरपालिकाको कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् । ऐन नबन्दा सबैभन्दा पीडित आफूहरू बन्नुपरेको भन्दै कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर कार्यालय अघिल्तिर धर्ना दिएका हुन् ।...

कृषिजन्य उद्योग खोल्न सके रोजगारीको सिर्जना गर्न सकिन्छ : माधव नेपाल

मकवानपुर । नेकपा एकीकृत समाजावादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मुलकमा कृषिजन्य उद्योग खोल्न सके युवाहरुमा रोजगारीको सिर्जना गर्न सकिने बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले शुक्रबार हेटौंडामा समाजवादी अभियान अन्तर्गत जनसभालाई सम्बोधन गर्दै राष्ट्रिय पूँजीको विकास गरी मुलुकमा कृषिजन्य उद्योगहरू खोल्न सके युवाहरूमा रोजगारीको सिर्जना गर्न सकिने...

६० किलो सुन प्रकरण: प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकियो

काठमाडौं । हङकङबाट तस्करी गरेर काठमाडौं ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएको छ । प्रतिवादीका कानुन व्यवसायीको बहस सकिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा अब सरकारी वकिलहरूले जवाफ दिँदैछन् ।...

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

काठमाडौं । किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा झापाबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका–२ घर भएका अजय शर्मा खत्वे रहेका छन् । २० वर्षीय शर्मालाई बिहीबार पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, खत्वेले १७ वर्षीया बालिकालाई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...

शुक्रबार सुनचाँदीको भाउ स्थिर

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी भाउ स्थिर रहेको छ । बिहीबार प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्य कायम भएको हो । यस्तै, तेजाबी सुनको भाउ पनि स्थिर रहेको छ । आज प्रतितोला १ लाख ६ हजार...

भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु

मनाङ । हिमाली जिल्ला मनाङ जाने क्रममा भिरबाट लडेर एक जना विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् । डेभिज बुधबार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा६च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे जाँदै थिए...

साढे ३ किलो चरेससहित एक जना पक्राउ

धनगढी । कैलालीमा लागूऔषध चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले साढे ३ किलो चरेससहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–४ बाट बझाङको बुङ्गल नगरपालिका–२ घर भई कञ्चनपुरको कृष्णपुर बस्ने ३५ वर्षीय गोरे धामी रहेका छन् । प्रहरीका अनुसार, धामीले चलाएको से २...

आज विश्व मुस्कान दिवस मनाइँदै

काठमाडौं । आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ का दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो । “सुन्दर र आकर्षक देखिन कसलाई मन हुँदैन ?” विश्व मुस्कान दिवसका...

प्रधानमन्त्री आज बझाङ जाँदै, भूकम्प क्षतिबारे स्थलगत निरीक्षण गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज बझाङ जाँदैछन् । भुकम्प क्षतिबारे स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड बझाङ जान लागेका हुन् । शुक्रबार विहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डसहित १८ जनाको टोली बझाङ जान लागेको हो । प्रधानमन्त्री प्रचण्डको टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका...

प्रतिनिधि सभा बैठक आज पनि बस्दै

काठमाडौं । संघीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको...