अंगारेश्वरको २१ औँ साधारणसभा सम्पन्न

तु खबर संवाददाता
२०८० आश्विन २८, आईतवार १४:२८

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १७ ठूलोगंगटेस्थित अंगारेश्वर दूग्ध उत्पादक सहकारी संस्थाको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुदिप अर्यालको सभाध्यक्षतामा आज कार्यक्रम भएको हो ।

कार्यक्रममा अध्यक्ष अर्यालले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने क्रमश लेखा समितिका संयोजकले लेखा परीक्षण प्रतिवेदन, बचत तथा ऋण समितिका संयोजकले बचत तथा ऋण सम्बन्धि वार्षिक प्रतिवेदन र संस्थाका व्यवस्थापकले आर्थिक वर्ष ०७९/०८० को अनुमानित तथा यथार्थ विवरणसहितको प्रतिवेदन र ०८०/०८१ को अनुमानित आयव्यव विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थापक शेयर सदस्यहरु ५ जना र जेष्ठ शेयर सदस्य २ जना लाई सम्मान गरिएको थियो । धैरै दूध बिक्रि गर्ने कृषकहरुलाई सम्मान गरिनुको साथै कृषकलाई प्रोत्साहन रकम समेत उपलब्ध गराइएको थियो । कार्यक्रममा मकवानपुर जिल्ला दूग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष हरिप्रसाद कंडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा १७ नम्वर नम्वर वडा अध्यक्ष उद्धव सत्याल, संस्थाका सल्लाहकार गोविन्दप्रसाद नेपाल, कमलबहादुर विष्ट, संस्थापक अध्यक्ष भोलानाथ रुपाखेती, सल्लाहकार सदस्य जनक प्रसाद धिताल, रामबहादुर नेपाली, बालबोध माविका अध्यक्ष प्रदिप अर्याल, किसान दूग्ध उत्पादक सहकारी संस्था लिका हेमप्रसाद न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।