आज देशका पहाडी भू–भागमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
त्यसको प्रभावले हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भ–ूभागको मौसम सामान्यतया सफा रहेको छ ।
यस्तै, आज दिउँसो देशको पहाडी भ–ूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेका महाशाखाले जनाएकोे छ ।
