हेटौंडाको विभिन्न शक्तिपीठ मन्दिरमा घटस्थापनाको जमरा राखियो
मकवानपुर । आजदेखि बडा दशैँ सुरु भएको छ । बडा दशैँको आज पहिलो दिन हेटौंडाको विभिन्न स्थानमा रहेको शक्तिपीठ मन्दिरमा धार्मिक विधिपूर्वक जमारा राखिएको छ ।
हेटौंडास्थित शक्तिपीठ भुटनदेवी मन्दिर, बनस्खण्डी मन्दिर, गोरेक्षश्वर मन्दिर र चुरियामाई मन्दिरमा आज बिहानको साहित अनुसार धार्मिक विधिपूर्वक जमारा राखिएको भुटनदेवी मन्दिर संचालक समितिका अध्यक्ष राममान श्रेष्ठले जानकारी दिए ।
हिन्दु, बौद्ध, किरातलगायतका विभिन्न जातजातिका समुदायहरुको चार्डको रुपमा रहेको दशैँ पर्वमा आफ्नो शोक अवस्था बाहेक सबै घरहरुमा जमारा राख्ने पराम्परा अनुसार जमरा राखिने गरिन्छ ।
