१८ अर्ब ७० करोड बराबरको ट्रेजरी नवीकरण गर्दै केन्द्रीय बैंक

तु खबर संवाददाता
२०८० आश्विन २६,शुक्रबार १५:५३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी मंगलबार अर्थात् असोज ३० गते १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्दैछ ।

केन्द्रीय बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा उक्त ट्रेजरी नवीकरण गर्न लागेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । बैंकका अनुसार, ९१ दिने ट्रेजरीका लागि ८ अर्ब ७० करोड रुपैयाँ छुट्टाइएको छ भने १८२ दिनेका लागि ५ अर्ब रुपैयाँ र ३६४ दिने ट्रेजरीका लागि ६ अर्ब रुपैयाँ छुट्टाइएको छ ।

सोमबार बोलकबोल हुने ट्रेजरी मंगलबार अर्थात् असोज ३० गते बिक्री गरिनेछ ।