इजरायलबाट २५० जना नेपाली विमान चढे, ९ बजे काठमाडौं आइपुग्ने

तु खबर संवाददाता
२०८० आश्विन २५, बिहीबार १६:५२

काठमाडौं । इजरायलबाट नेपाल आउनका लागि २५० जना नेपाली विमान चढेका छन् । इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू विमान चढेका हुन् ।

नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् । नेपाली बोकेर इजरायलबाट उडेको विमान आज राति ९ बजे काठमाडौंमा आइपुग्ने छन् ।

नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये पहिलो चरणमा बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागेका हुन् ।