नेपाली नागरिकलाई लिन गएको विमान इजरायल पुग्यो
काठमाडौं । इजरायलमा रहेका नेपाली विद्यार्थीलाई लिन गएको नेपाल वायुसेवा निगमको विमान इजरायल पुगेको छ ।
काठमाडौंबाट बिहीबार बिहान ४ बजे प्रस्थान गरेको विमान नेपाली समयअनुसार करिब २ बजे इजरायलमा अवतरण गरेको हो ।
उक्त विमान दुबईलाई ‘टान्जिट’ बनाएर इजरायल गएको हो । प्यालेस्टाइनी विद्रोही समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन सरकारले उक्त विमान इजरायल पठाएको हो ।
विमानमा परराष्ट्रमन्त्री एनपी सावद पनि छन् । दुई सय ५० सिट क्षमताको सो विमान आजै राति ९ बजे स्वदेश फर्किने जनाइएको छ ।
