कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन टुंगिएको छ । नेता शेखर कोइराला अनुपस्थित भएपछि बैठक भोलि पुनः बस्ने गरी आजको बैठक सकिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।
यस्तै, विश्वकर्माले अहिले पार्टीलाई पनि मिलाउनु र गठबन्धन पनि जोगाउने विषयमा बैठकमा छलफल भएको बताए ।
आज दिउँसो बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग विकल्प नाम दिनभन्दा पनि शेखरले नमानेको विश्वकर्माको भनाइ छ ।
