मकवानपुरमा विषालु च्याउ खाँदा ६ जना बिरामी
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ बसनमा घर छेउमा उम्रेको च्याउ खाँदा ६ जना बिरामी भएका छन् ।
शुक्रबार दिउँसो घर नजिकै छेउमा उम्रेको च्याउ पकाएर खादा दुई परिवारका ६ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
बिरामी हुनेमा स्थानीय ७० वर्षीय सुभे सिंह भोलन, उनको श्रीमती ६५ वर्षीया ठुलीमाया भोलन, उनको छोरा २६ वर्षीय गंगालाल भोलन, ३० वर्षीय निरोज रुम्बा, उनको श्रीमती ३० वर्षीया सम्झना रुम्बा र उनको भाउजु ३६ वर्षीया फुलमाया रुम्बा रहेका छन् ।
बिरामीहरको हेटौंडा अस्पतालमा उपचार पश्चात डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
