लागूऔषधसहित हेटौंडाबाट एक जना पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन २७, शनिबार ०९:१७

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित हेटौंडाबाट बिहीबार राति एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पूर्व–पश्चिम सढकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट लागूऔषध खैरोहेरोईन १८ ग्रामसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्वर ५ नकटुवा बस्ने ४१ वर्षीय रमेश महत्तो नुनिया रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बिरगंजबाट काठमाडांै तर्फ जानको लागि आउँदै गरेको ना ५ ख २४६८ नं. को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा सो बसमा सवरा उनको साथबाट सो परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।