आगलागीमा परेर एक जनाको ज्यान गयो
ढोरपाटन । बागलुङमा आगलागी परेर एक जनाको ज्यान गएको छ । जिल्लाको गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको हो ।
मृतकको सनाखत हुन सकेको छैन । गएराति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो । आगो केकसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
