समाचार
आधारभुत विद्यालयलाई स्टेसनरी र खेलकुद सामग्री हस्तान्तरण
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ३ मा रहेको श्री आधारभुत विद्यालयलाई स्टेसनरी र खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । जेसीआई चैनपुर प्रस्तावितको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत सोमबार बिहान एक कार्यक्रमबस्च विद्यालयको विपन्न तथा गरिब विद्यार्थीको सहजताको लागि कापी, कलम, सिसाकलमसहितको स्टेसनरी सामग्री र फुटबल सहयोग गरिएको हो...
आज दशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा गरिँदै
काठमाडौं । बडादशैँ एवम् नवरात्रको तेस्रो दिन । आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ...
चैनपुर जेसीज कप : केदारेश्वर र पुलिस फाइनलमा
मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर ९ रजैयाको केदारेश्वर युवा क्लव र बागमती प्रदेश प्रहरी गण प्रथम चैनपुर जेसीज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनल खेलमा रजैयाले सिमपानी एफसी मनहरीलाई र पुलिसले सयपत्री एफसी सुनाचुरीलाई हराउँदै फाइनल भिडन्त पक्का गरेको हो । पहिलो खेलमा...
भन्सार छलीको कारसहित एक जना पक्राउ
सुर्खेत । भन्सार छलेर ल्याइएको कारसहित सुर्खेतबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ बस्ने दिनेश बस्याल रहेका छन् । बा १८च २७२२ नम्बरको कार भन्सार छलेर ल्याएको बस्याललाई प्रहरीले आफ्नै घर अगाडि उक्त कार चलाइरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको...
मकवानपुरमा डेंगू संक्रमितको संख्या ६२० पुग्यो
मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ६२० पुगेको छ । जिल्लामा सोमबार थप २ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ६२० पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । सोमबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका २ जनामा डेंगू संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका...
हेटौंडा–१५ मा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम
मकवानपुर । सहयोगी युवा समाज हेटौंडा–१५ ले नेपालीहरुको महानपर्व बिजयादशमी, शुभ दिपाली तथा छठ पर्वको अवसरमा सोमबार शुभकामना आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यता एवम् संस्थाकी अध्यक्ष शान्ति लोप्चन स्याङ्बोको सभाध्यक्षतामा भएको हो । सो क्रममा चाडपर्वको नाममा हुने...
मकवानपुरमा चाडपर्व लक्षित विशेष चकिङ सुरु
मकवानपुर । मकवानपुरमा सोमबारबाट चाडपर्व लक्षित विशेष चकिङ सुरु गरिएको छ । नजिकिदै गरेको चाडपर्व बडादशैँ, शुभदिपाली, नेपाल सम्वत एवम् छठ पर्वलाई लक्षित गर्दै जिल्लाको हेटौंडास्थितको विभिन्न स्थानमा विशेष चेकिङ सुरु गरेको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुरमा प्रवेश गर्ने तथा बाहिरिने सवारी साधनहरुमा प्रतिबन्धित वस्तुहरु, पट्का, लागूऔषध, भन्सार...
ढुङ्गाले लागेर एक कामदारको ज्यान गयो
पाँचथर । पाँचथरमा ढुङ्गाले लागेर जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको ज्यान गएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत कामदारको ज्यान गएको हो । ज्यान गुमाउनेमा इलामको देउमाई नगरपालिका–९ का २५ वर्षीय भुपाल मगर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आइतवार दिउँसो १ः४५...
राष्ट्रिय सभाको बैठक स्थगित
काठमाडौं । राष्ट्रिय सभाको भोलि मंगलबारका लागि आह्वान गरिएको बैठक स्थगित भएको छ । सङ्घीय ससद सचिवालयका महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गर्दै मंगलबार दिउँसो दिनको १ः०१ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभा बैठक स्थगित भएको जानकारी गराएको हो । जारी सूचनामा राष्ट्रिय सभाको भोलिका लागि निर्धारित...
मकवानपुरका एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध कारोबारमा फरार एक जनालाई सोमबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको साबिक टिस्टुङ गा.बि.स. वडा नं. ६, हाल थाहा नगरपालिका वडा नम्वर १२ भञ्जाङ बस्ने ६९ वर्षीय नाईके भन्ने धनमाँया लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी...










