राष्ट्रिय सभाको बैठक स्थगित

तु खबर संवाददाता
२०८० आश्विन २९, सोमबार १६:५७
file-photo

काठमाडौं । राष्ट्रिय सभाको भोलि मंगलबारका लागि आह्वान गरिएको बैठक स्थगित भएको छ ।

सङ्घीय ससद सचिवालयका महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गर्दै मंगलबार दिउँसो दिनको १ः०१ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभा बैठक स्थगित भएको जानकारी गराएको हो ।

जारी सूचनामा राष्ट्रिय सभाको भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने उल्लेख गरिएको छ ।