हेटौंडा–१५ मा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम

तु खबर संवाददाता
२०८० आश्विन २९, सोमबार १७:५१

मकवानपुर । सहयोगी युवा समाज हेटौंडा–१५ ले नेपालीहरुको महानपर्व बिजयादशमी, शुभ दिपाली तथा छठ पर्वको अवसरमा सोमबार शुभकामना आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रम हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यता एवम् संस्थाकी अध्यक्ष शान्ति लोप्चन स्याङ्बोको सभाध्यक्षतामा भएको हो ।

सो क्रममा चाडपर्वको नाममा हुने देखासेखीपन, तटगभटकलाई कम गरी आर्थिक भारलाई सहज बनाउने र चाडपर्वमा हुने अपराधका घटनालाई कसरी न्यूनिकरण गर्ने भन्ने विषयमा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, निवर्तमान अध्यक्ष महारत्न लामा, पशुपतिनगर इलाका प्रहरी कार्यलायका प्रहरी निरीक्षक डिनेशबहादुर कुवार, टोल विकास सस्था नगर समन्वय समितिका सचिव हर्करत्न लामा, नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष लिलाकुमार घलानलगायतको  सहभागिता रहेको थियो ।

यस्तै, कार्यक्रममा वडा स्तरीय नगरिक समाज, धार्मिक संघसस्था, सहकारी संस्थाहरु, टोल विकास संस्थाहरु, सामुदायिक वन समूहहरु, विभिन्न राजनीतिक दलका  प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।