मकवानपुरको सेतीदेवी माविलाई ६ वटा कम्प्युटर

तु खबर संवाददाता
२०८० आश्विन २९, सोमबार १५:३८

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२, जितपुरभञ्ज्याङस्थित सेतीदेवी आधारभूत विद्यालयलाई ६ वटा कम्प्युटर उपलब्ध भएको छ ।

विद्यालयका लागि कम्प्युटर खरिद गर्न वडा कार्यालयले २ लाख रुपैयाँ बराबरको रकम उपलब्ध गराएको र सोही रकमले विद्यालयको लागि कम्प्युटर खरिद गरेको प्रधानाध्यापक गोमा श्रेष्ठले जानकारी दिइन् ।

उपलब्ध उक्त कम्प्युटरले कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा प्रदान गर्न सहज हुने प्रधानाध्यापक श्रेष्ठले बताइन् ।

सो विद्यालयमा ८ कक्षासम्म पठनपाठन हुने गरेको र हाल १ सय ५७ जना विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिइन् ।