नेप्सेमा २३ अंकको गिरावट, १ अर्ब २५ करोडको कारोबार

तु खबर संवाददाता
२०८० आश्विन २९,सोमबार १६:२२

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से परिसूचक २३ अंकले घटेर १८५१ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा सूचीकृत २८४ कम्पनीहरुको ४८ लाख ३७ हजार ८९३ कित्ता किनबेच हुँदा १ अर्ब २५ करोड ३२ लाख ९१ हजारको कारोबार भएको छ ।

यस्तै, आज नेप्से घटेसँगै १३ वटै उपसूचकमा गिरावट आएको हो । आज जीवन बीमा उपसूचक सर्वाधिक २.०९ प्रतिशतले घटेको छ ।