जीप दुर्घटना हुँदा चालकको मृत्यु

तु खबर संवाददाता
२०८० आश्विन ३०, मंगलवार ०८:३३
file photo

सुर्खेत । कालिकोटमा आज बिहानै जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बाजुराबाट कालिकोट आउँदै गरेको ग १ ज ५७९५ नम्बरको जीप सान्नि त्रिवेणीको सिस्नेगडा भन्ने ठाउँमा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रास्कोट नगरपालिका–७ का सक्कल बहादुर शाही रहेको कालिकोट प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, जीप सडकबाट करिब ३० मिटर तल खसेको थियो । उक्त जिपमा अन्य यात्रु भने थिएनन् ।