बैतडीमा ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते

तु खबर संवाददाता
२०८० आश्विन ३०, मंगलवार १०:२९

बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिर नजिकै म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा ट्याक्टर चालक कैलालीको मुसुरियाका नारायण चौधरीसहित कैलालीको घोडाघोडीका भुवन थापा र बैतडीको दोगडाकेदारका गगनसिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मन्दिरको गेट निर्माणका लागि निर्माण समाग्री लैजाने क्रममा दुर्घटना भएको बताइएको छ । घाइतेहरुको केशरपुर स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।