मंगलबार नेप्सेमा हरियाली छायो
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्सेमा हरियाली छाएको छ । बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाउन थालेपछि लगानीकर्तामा उत्साह थपिदा शेयरबजार बढेको हो ।
आज नेप्से परिसूचक १३.१८ अंकले बढेर १८६४ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८९ कम्पनीहरुको ३८ लाख १३ हजार २३३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८४ लाख ३७ हजारको कारोबार भएको छ ।
बजार बढेसँगै आज १० उपसूचकमा हरियाली छाएको छ भने बाँकीका ३ उपसूचकमा भने रातो पोतिएको छ ।