लागूऔषध कारोबार गरेको आरोपमा चार जना पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन ३०, मंगलवार १५:४७
सांकेतिक तस्बिर

काठमाडौं । लागूऔषध कारोबार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुर्यविनायक नगरपालिका घर भएका २८ वर्षीय सुशान्त अवाल, सप्तरी घर भएका २६ वर्षीय कृष्ण कुमार दास, २७ वर्षीय दिपेन्द्र कुमाार यादव र २९ वर्षीय जितेन्द्र्र कुमार रमन रहेका छन् ।

असोज २३ मा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको चेकिङ टोलीले भक्तपुर नगरपालिका–२ सानेब्यासीबाट बागमती प्रदेश–०२–०३४ प २३२५ नम्बरको स्कुटरमा सवार सुशान्तलाई पक्राउ गरेको थियो ।

सुशान्त सवार स्कुटरको डिकीमा नोर्फिन ४५ एम्पुल, डाइजेपाम ४५ एम्पुल, फेनारगन ४५ एम्पुल र ६ थान सिरिन्ज भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सुशान्तको बयानको आधारमा थप चार जना पक्राउ परेका हुन् । आरोपीहरुबारे जिल्ला प्रहरी परिसर भक्तपुरले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।