युवा संघ नेपालको आयोजनामा पब्जी प्रतियोगिता हुने
काठमाडौं । नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघ नेपालले कार्तिक २५ गतेदेखि पब्जी प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । प्रतियोगिता अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिताको नियमअनुसार खेलाइने छ ।
खेलका दौरान कुनै विवाद भए आयोजकको निर्णय नै अन्तिम हुने युवा संघ नेपाल साइबर सर्कल प्रमुख अजित लामाले बताए ।
उनले खेलको विजेतालाई २ लाख, दोस्रोलाई १ लाख, तेस्रोलाई ५० हजार पुरस्कार प्रदान गरिने र उत्कृष्ट खेलाडलाई २५ हजार रुपैयाँ प्रदान गरिने जानकारी दिए ।
