बालबोघ मावि हेटौंडाद्वारा शुभकामना आदानप्रदान
मकवानपुर । बालबोध माध्यमिक विद्यालय हेटौंडा–१७ हटियाले नेपालीहरुको महानपर्व बिजयादशमी, शुभ दिपाली तथा छठ पर्वको अवसरमा मंगलबार शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप अर्यालको प्रमुख आतिथ्यता एवम् विद्यालयका प्रधानध्यापक दिपकलाल श्रेष्ठको सभाध्यक्षतामा भएको हो ।
सो क्रममा प्रमुख अतिथि अर्यालले चाडपर्वको नाममा हुने देखासेखीपन, तटगभटकलाई कम गरी आर्थिक भारलाई सहज बनाउने गरी पर्व मान्न सबैलाई आग्रह गरेका थिए ।
कार्यक्रममा विद्यार्थीले डान्स र गीत गाउँनेलगायत आ–आफ्नो कलाको प्रस्तुती दिएका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको सदस्य क्रमशः सारदा दाहाल अधिकारी, कमला विक, कमल नेपालीलगायतको आतिथ्यता रहेको थियो ।

