समाचार

दुर्घटनामा परेर श्रेष्ठको मृत्यु

पोखरा । पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । विपरित दुई दिशाबाट आइरहेका मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गोरखाका शुक्रराज श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पोखरा–२५ स्थित फुर्केटारी चोकमा ग १६ प २९१ नम्बरको मोटरसाइकल...

सुनको मूल्यमा नयाँ रेकड, कतिमा कारोबार हुँदैछ आज ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ उचाइ कायम गर्दै गएको छ । दसैं अगाडिको अन्तिम दिन अर्थात आज सुनको भाउ अहिलेसम्मकै उच्च पुगेको हो । शुक्रबार छापावाल सुन तोलाको १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तेजाबी...

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँट, ४६५४ जनाको आवेदन रद्द

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड सर्वसाधारणलाई निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले असोज १८ देखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ करोड ४ लाख २० हजार रुपैयाँ बराबरको १२...

सातामा २९ अंकले बढ्यो नेप्से

काठमाडौं । यो साता सेयर बजारका लागि केही उत्साहजनक नै रहेको छ । सातामा २९.२४ अंकले बढ्दै नेप्से सूचक १९ सय ३.१९ अंकमा उक्लिएको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन असोज २५ गते २०.१६ अंकले घट्दै नेप्से सूचक १८ सय ७४.६० अंकमा अडिएको थियो । साताको पहिलो कारोबार...

अवैध लागूऔषधसहित १० जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, कञ्चनपुर र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले झापाको दमक नगरपालिका–५ सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्रामसहित ४ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही...

हेटौंडाको पाथिभरा मन्दिरमा श्रीमद् भागवत् देवी पुराण जारी

मकवानपुर । पाथिभरा मन्दिर हेटौंडामा नवरात्र विशेष पुजापाठ तथा श्रीमद् भागवत् देवी पुराण जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित रहेको उक्त मन्दिरमा गत असोज २८ गते अर्थात घटस्थापनाको दिन जमरा राखेर पुराण सुरु गरिएको मन्दिर संरक्षण समितीका अध्यक्ष केशवप्रसाद देवकोटाले जानकारी दिए । पुराण नवरात्र दशमी...

प्रेस युनियन मकवानपुरद्वारा शुभकामना आदानप्रदान

मकवानपुर । नेपाल प्रेस युनियन मकवानपुरले नेपालीहरुको महान पर्व बडा दसैं शुभ दिपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुक्रबार हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रेस युनियन मकवानपुरका अध्याक्ष सुवास विडारीको सभाध्यक्षता एवम् तथा नेपाली काँग्रेसका जिल्ला सभापति बुद्घ लामाको प्रमुख आतिथ्यता रहेको थियो ।...

कारको ठक्करबाट एक जनाको मृत्यु

दाङ । दाङको देउखुरीमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ५ लठ्ठहवाका अन्दाजी ३० वर्षीय शन्तराम चौधरी रहेको प्रहरीले जनाएको छ । बिहीबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुबाङ सडकखण्डको राप्ती गाउँपालिका ५ लठ्ठहवा सिंगेखोला पुल नजिकै बा ९ च ७१९८ नम्बरको स्कारपियोले रा...

आज यी तीन प्रदेशमा हल्का वर्षको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका...

आज दशैँको छैटौँ दिन: कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अनुसार आज घटस्थापना...