माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँट, ४६५४ जनाको आवेदन रद्द
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड सर्वसाधारणलाई निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले असोज १८ देखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ करोड ४ लाख २० हजार रुपैयाँ बराबरको १२ लाख ८४ हजार २०० कित्ता सेयर निष्कासन गरेको थियो ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन भएको उक्त आईपीओमा कुल ११ लाख ९० हजार २९६ आवेदकले आवेदन दिएका थिए । जसमध्ये ११ लाख ८५ हजार ६ सय ४२ जनाको आवेदन स्वीकृत हुँदा ४ हजार ६५४ जनाको आवेदन रद्द भएको छ ।
यस्तै, १० कित्ताका दरले सेयर बाँडफाँट गर्दा १ लाख २८ हजार ४२० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।
